नेपाल आयल निगमले बढायो पेट्रोल र डिजलको भाउ

भदौ ४, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ  । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढेर प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । डिजलमा २ रुपैयाँ  बढेर प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको  छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ…