साउन ३०, काठमाडौं । काठमाडौंको बानेश्वरमा होस्टलको छतबाट खस्दा एक जना विद्यार्थीको मृत्यु भएको छ । बानेश्वरमा रहेको ओम शान्ती होस्टेलको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो । छतबाट जमिनमा खस्दा घाइते भएकी बालिकाको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।