असार १०, ललितपुर । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले आफ्ना कर्मचारीहरूका लागि सञ्चालन गर्दै आएको आन्तरिक क्लिनिक सञ्चालन खर्च बढी लागेका कारण बन्द गर्ने निर्णय गरेकामा कर्मचारीले आपत्ति जनाएका छन् । राष्ट्रसङ्घीय निकायका कर्मचारीको प्रतिनिधित्व गर्ने साझा संस्था र यसका आठ निकायका कर्मचारी सङ्गठनका प्रतिनिधिले राष्ट्रसङ्घको नेपाल कार्यालयकी आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई ज्ञापन पत्र लेख्दै क्लिनिक…