नेकपा केही वर्षभित्रै फुट्छ : अध्यक्ष बिजुक्छे

जेष्ठ ४, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएकाले केही वर्ष भित्रमा नै फुटको संघारमा पुग्ने दावि गरेका छन् । शुक्रबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ उनले पार्टी एकताको आधार सिद्धान्त नभएकाले अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क गरेका हुन्…