भन्सार छलीका औषधिसहित युवक पक्राउ

काठमाडौँ, ३१ असार । विराटनगरबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको ठूलो परिमाणका औषधिसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ५ बजे विराटनगर महानगरपालिका–१६, दरैयास्थित भारत सीमाबाट भन्सार छल्दै नेपाल भित्र्याइएको औषधिसहित स्थानीय २६ वर्षीय सिकन्दर यादवलाई पक्राउ गरिएको हो । मोटरसाइकलमा चार कार्टुनमा राखेर नेपालतर्फ…