आज श्रीकृष्णाष्टमी, भगवान श्रीकृष्णको पूजाआराधना गरीे मनाइँदै

काठमाडौं, ३० साउन । आज श्रीकृष्णजन्माष्टमी पर्व । मुलुकभर कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित दर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ । द्वापरयुगमा माता देवकी र पिता वासुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष…