आजको मौसम

काठमाडौँ, २ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । विभागका अनुसार काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा मध्यराति हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित आसपासका जिल्लामा मेघ गर्जनसहित हावाहुरी चल्नुका साथै क्षणिक वर्षा भएको हो । हावाहुरी चल्दा विभिन्न स्थानमा विजुली गएपछि…