बाँस्तोलाको स्वास्थ्य बुझ्न प्रधानमन्त्री न्यूरोअस्पतालमा

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न हिजो साँझ बाँसबारीस्थित न्यूरो अस्पताल जानुभयो । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उहाँलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उहाँको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता…