पोखरामा फेरि प्याराग्लाइडर खस्दा दुई जना घाइते

कास्की, २१ फागुन । पोखरामा फेरि पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । सोमबार पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर  पोल्याण्डका ३० वर्षीय जानुज कारोल गम्भीर घाइते भएका छन । उनको पोखरा मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पोखरामै अर्को विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन मादी गाउँपालिकाको शिरखानीमा रूखमा…