क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा

काठमाडौँ, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन् । ‘यो छुट्टिनु होइन, बरु…