सुनसरी, १६ फागुन । सुनसरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान हतियारसहित प्रहरीले पक्राउ गरेको छ । बुधबार धरान पानमाराबाट मोरङतर्फ मोटरसाइकलमा जाँदै गर्दा मोरङको बेलबारी नगरपालिका- १० का सन्दीप भनिने देवकुमार लिम्बूलाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा नरोकेपछि शंका लागेर…