पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ, २० असार । पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गको बझाङखण्ड पहिरोले अवरुद्ध भएको हो ।  आज बिहान साढे ५ बजे बझाङ छबिसपाथीभेरा गाउँपालिका–१  बालुवाटार र जयपृथ्वी नगरपालिका–७ तमैल, माल्लाभिरस्थित जयपृथ्वी राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।