राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उहाँले नेपाली…