काठमाडौँ, २५ बैशाख । आज ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले आज आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ । जारी गरेको एक सूचनामा भनिएको छ, ‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै…