धादिङ ४ जेठ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी काँग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका…