भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । उहाँले दुई हजार ७४९ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ…