काठमाडौं, ३ वैशाख । स्वास्थ्य मन्त्रालयका कानून उपसविच शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लागू गर्न गम्भिर रहेको बताएका छन् । आइतबार क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको धुम्रपान तथा सुर्तीजन्य पदार्थको नकारात्मक प्रभावको बारेमा संचालित जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रममा यस्तो बताएका हुन् । सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि कानूनको पालना अपरिहार्य रहेको उनको भनाई छ…