डोटी, ५ वैशाख । डोटीकाे बडिकेदार गाउँपालिका–२ बर्छेनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ बडिकेदार गाउँपालिका–२ बर्छेनका २४ वर्षीय नरेश सार्की सिकार खेल्न जंगल गएका थिए । उक्त क्रममा भरुवा बन्दुक पड्किएर छातीमा गोली लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।…