काठमाडौँ, १९ कार्तिक । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ । आज मानव जीवनको सुख, शान्तिको कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा अनुसार फूल अर्पण गरिएको हो । यो विशेष पूजा सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा गरिन्छ ।…