भक्तपुर, २१ असार । नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि सुरु भएको मध्यपुरथिमि नगरपालिकाको प्रथम नगरसभाले नगरपालिका सञ्चालनसम्बन्धी विभिन्न कार्यविधि पारित गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको सभाले नगरपालिका सञ्चालनसम्बन्धी विभिन्न कार्यविधि पारित गरेको कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए। जिल्लाका भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामध्ये नगरसभा गर्ने पहिलो मध्यपुरथिमि नगरपालिकाले नगरसभाले नगरपालिकाको निर्णय…