राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदा र पुनः निर्माणको अवस्थावारे जानकारी लिन भक्तपुरमा अवलोकन

भक्तपुर, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका…