काठमाडौँ, २७ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए । उनका अनुसार ७० वर्ष पहिला आँबुखैरेनी आएकी उनको परिवारका बारेमा…