करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर, ३ साउन । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार घटेका यी घटनामा एक जना पुरुष र एक किशोरीको ज्यान गएको हो । झापाको अर्जुनधारा नगरपालिका–४ निवासी ३५ वर्षीय दीपक पाण्डे बिर्तामोड–२ स्थित एक ट्रान्समिटरमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई…