काठमाडौँ, १६ चैत । सुनसरीको बराहक्षेत्रमा एक १३ वर्षीया बालिकालाई जङ्गलमा लगेर निर्घात कुटपिट गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बाइस बिघे जङ्गलमा बालिकामाथि कुटपिट गरी सोको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दोषीहरूको खोजी तीव्र पारेको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले…