डुबेर १५ महिने बालकको मृत्यु

काठमाडौँ, १७ चैत । धनुषामा १५ महिने बालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सहिदनगर नगरपालिका–६ हरबडा बस्ने मनोजकुमार मण्डलका १५ महिने छोरा कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको हो ।  प्रहरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।