काठमाडौँ, २ पौष । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ बाट जुवा खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त…