काठमाडौँ, १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ…