संखुवासभा, ७ असोज । खाँदबारीबाट तुम्लिंङटार जाँदै गरेको भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएको छन् । तुम्लिङटारबाट खाँदबारी र खाँदबारीबाट तुम्लिङटार आउँदै गरेको भ्यान र ईभी भ्यान सोमबार खाँदबारी नगरपालिका-९ स्थित कार्कीडाँडामा एकआपसमा ठोक्किएका थिए । भ्यान ठोक्किँदा भोजपुर षडानन्द नगरपालिकाका रितेश श्रेष्ठ, मिना तामाङ, रामबहादुर विक, हिरा विक, मोहन तामाङ, मचिन्द्र विष्ट र राजकुमार राई घाइते…