सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौँ, २२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लुकाइछिपाइ भन्सार छली गरी ल्याउन लागेको उक्त धातुसहित सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई पक्राउ गरेको हो । उनी थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौँ आएकी थिइन् । त्रिभुवन विमानस्थलको…