काठमाडौँ, १५ माघ । काठमाडौँ उपत्यकाका केही स्थानमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । माघ १६ गते (भोलि) मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र…