भारतीय मोटरसाइकलको ठक्करबाट एक जना मृत्यु

काठमाडौँ, ६ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका-२३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । जनकपुर-जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो…