काठमाडौँ, ७ फागुन । सर्लाही सदरमुकाम मलंगवामा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए । नक्कली ठानेर…