काठमाडौँ, ६ भदौ । सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ । सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।…