कुटपिटबाट एक जनाको मृत्यु, तीनजना घाइते

काठमाडौँ, २१ असार । पाँचथरमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । प्रहरीका अनुसार कुटपिटबाट फिदिम नगरपालिका–१४, आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो । गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामीझाँक्री) हेर्न गएका दिनेशसहित परशु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका…