काठमाडौँ, १४ असार । काठमाडौँको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरी वृत्त स्वयम्भूका अनुसार आज बिहान साढे पाँच बजे काठमाडौँको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन् । उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन…