काठमाडौँ, ७ मंसिर । मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक…