जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

काठमाडौँ, २४ जेठ । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका हो । जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, छोरा ३८…