सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने

काठमाडौँ, २० जेठ । सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो । सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही…