टिकटकले सुरु गर्‍यो ‘इन–एप इलेक्सन सेन्टर’

काठमाडौँ, २९ माघ । टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ । आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको जनाइएको छ । टिकटकका अनुसार सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा लागू गरिँदै आएका निर्वाचन निष्पक्षता र नैतिकता सम्बन्धी…