चट्याङ लागेर एकजनाकाे मृत्यु

काठमाडौँ, २५ वैशाख । बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३,  पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।   चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।