काठमाडौँ, ३० साउन । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजनाको अवस्था गम्भीर रहेको छ । दाङ प्रहरीका अनुसार गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको छ । साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको…