साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

काठमाडौँ, १७ माघ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।  खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो ।