काठमाडौँ, १३ साउन । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार मंगलबार दिउँसो साढे १ बजे थापा आफ्नै बारीमा मकैबाली जोगाउन बाँदर लखेट्न लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका…