ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, २८ वैशाख । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्यको मृत्यु भएको हो ।  आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा परेको…