विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एकजना पक्राउ

काठमाडौँ, १७ फागुन । सुनजस्तो देखिने पहेँलो रङको धातुको पत्थर जडित गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार काभ्रे घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट बुधबार राति उनी काठमाडौँ आएका थिए । करिब ४६ ग्राम २०…