बझाङ भूकम्प : बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भेटियो

बझाङ, १७ असोज । बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो । पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा…