डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौँ, ३ भदा । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ । डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका…