काठमाडौ १ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताप्रति आफ्नो पार्टीको एजेण्डामा आकर्षण बढेको बताएका छन्। धुम्बाराहीमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई ब्रिफिङ गर्दै पार्टीप्रति आकर्षण बढेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।उनले भने, राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक…