नेपालगञ्ज, १५ मंसिर । बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय नौ पोजिटिभ भेटिएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहीबार बाँकेमा आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले पाँच…