काठमाडौँ, ११ मंसिर । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई…